इजरायलविरुद्ध एकजुट हुन महाथिर मोहम्मदको आह्वान
बीबीसी। मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले इजरायलविरुद्ध सबै मुसलमान देश एकजुट हुन आह्वान गरेका छन्। अरब–इजरायल संघर्षको समाधान मुस्लिम देशहरुको संयुक्त कार्वाही र प्यालेस्टिनीको हकको समर्थन गर्नु रहेको उनको भनाइ थियो। महाथिरले भने, ‘मलाई विश्वास छ अरबविश्व र प्यालेस्टिनी एकै ठाउँमा बसेर इजरायलका बारेमा कुनै ठोस नीति बनाउने छन्। मुस्लिमहरु वर्तमान अवस्थालाई देखेर जाग्ने छन्। इजरायलको हमला मानवताविरोधी छ।’
प्रतिक्रिया दिनुहोस्