चिनियाँ चुरोङ रोभर मंगलग्रह पुग्यो बीबीसी। सात महिना अन्तरिक्षयात्रा, तीन महिनासम्म अर्बिट परिक्रममा र अन्तिम नौ मिनेटपछि चीन मंगलग्रहमा सफलतापूर्वक रोभर पठाउने दोस्रो मुलुक बन्न सफल भयो। चुरोङ रोभर(चीनको पौराणिक अग्नि तथा युद्धका देवता)ले शनिबार मंगलग्रहमा अवतरण गरेको हो। चुरोङ रोभर मंगलग्रहको युटोपिया प्लेनेसियाको समतल भूभागसम्म पुगेको छ, यो मंगलग्रहको उत्तरी गोलाद्र्धको हिस्सा हो। रोभर मंगलग्रहमा पुग्नुलाई ठूलो सफलता मानिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्