धनुषाको विस्फोट नेत्रविक्रम चन्द समूहबाट भएको प्रहरी निष्कर्ष
काठमाडौं। जनकपुरमा भएको बम विस्फोट नेत्रविक्रम चन्द समूहबाटै भएको प्रहरीले निष्कर्ष निकालेको छ।

२७ मंसीरमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रबजारस्थित राजेश्वर साहको घरमा भएको विस्फोटमा तीनजनाको मृत्यु भएको थियो।

विस्फोटमा घरधनी साह र उनका १६ वर्षीय छोरा आनन्द तथा प्रहरी निरीक्षक अमिरकुमार दाहालको मृत्यु भएको थियो।

नेपाल प्रहरीको २ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआइजी प्रद्युम्न कार्कीले चन्द समूहको आवरणमा आपराधिक गतिविधिमा संलग्न हुनेहरूले विस्फोट गराएको प्रारम्भिक अनुसन्धानमा देखिएको जानकारी दिए।

“घटनाको मिहिन ढंगले अनुसन्धान भयो। विप्लव समूहको खोज ओढेर आपराधिक गतिविधि गर्नेहरू संलग्न भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ”, उनले भने।

प्रहरीका अननुसार विस्फोटमा भोजपुर अरुण गाउँपालिका चाम्ताङका रोहित ढकाल र रेखादेवी चौहानको मुख्य संलग्नता देखिएको छ।

विस्फोट हुनुभन्दा दुई दिनअघि उनीहरू जनकपुर गएको र घटनास्थलको निरीक्षणका साथै विस्फोटको योजना बनाएका थिए।

जनकपुर विस्फोट केन्द्रीय नितिअनुसार नै चन्द समूहले गराएको प्रहरीको भनाइ छ।

बैठकमा राजेश्वर साहविरुद्ध कारबाही गर्ने भन्दै अजेन्डा प्रस्तुत भएको थियो।

राजेश्वर मिटरब्याजी भएको निष्कर्षपछि सोही बैठकले साहलाई कारबाही गर्ने निर्णय गरेको आजको नयाँ पत्रिकामा समाचार छापिएको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्