एक लाख १३ हजार भूकम्पपीडितको गुनासो सम्बोधन
काठमाडौं। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले सात हजार ४९४ पुनःनिर्माण लाभग्राही थप गर्ने निर्णय गरेको छ।

समितिको ११–१३ पुसमा बसेको बैठकले गुनासोको सम्बोधन गर्दै पुनः जाँच तथा छुट सर्वेक्षण, २०७५ एवं २०७६ बाट संकलन गरिएको लगत विश्लेषण गरी विभिन्न जिल्लामा ती लाभग्राही थप गरेको छ।

प्राधिकरणले तीन हजार ७६ प्रबलीकरण लाभग्राही थप गरेको छ।

त्यस्तै ५२ हजार ९९८ गुनासोकर्तालाई गैर लाभग्राही कायम गरेको छ ।

मंसीर तेस्रो साताको समितिको बैठकले ४२ हजार ७४२ गुनासो सम्बोधन गरी चार हजार ६४४ पुनःनिर्माण लाभग्राही थप्ने निर्णय गरेको थियो।

यसैगरी दुई हजार ६०९ जनालाई प्रबलीकरण लाभग्राही कायम गरेको थियो।

छुट तथा पुनः जाँच सर्वेक्षणअन्तर्गत संकलित कूल एक लाख ८९ हजार लगतमध्ये हालसम्म एक लाख १३ हजार ४३ को निर्णय भइसकेको प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए।

“बाँकी गुनासो प्राधिकरणमा खटिएका इञ्जिनियरले विश्लेषण गरिरहेका छन्, पुस मसान्तभित्र सबै गुनासो पुनरावलोकन गरी लाभग्राहीमा समावेश गर्ने नगर्ने निर्णय हुन्छ”, घिमिरेले भने।

लाभग्राही कायम भएका भूकम्पप्रभावित घरधुरीले सम्बन्धित वडामार्फत अनुदान सम्झौता गरी पहिलो किस्ताबापत ५० हजार रूपैयाँ तत्काल प्राप्त गर्नेछन् ।

पुनः जाँच तथा छुट सर्वेक्षणबाट लाभग्राही कायम भएकालाई २०७६ माघ मसान्तभित्र अनुदान सम्झौता गरी पहिलो किस्ता लिइसक्न प्राधिकरणले अनुरोध गरेको छ।

त्यसैगरी, २०७७ वैशाख मसान्तभित्र दोस्रो किस्ता र २०७७ असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नुपर्ने छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्