कहाँबाट सुरु भयो कोरोना? १८ वैज्ञानिकले गरे गम्भीर जाँचको माग
एजेन्सी। बेलायत तथा अमेरिकाका प्रमुख वैज्ञानिकहरुको एक समूहले कोरोना महामारी कहाँबाट सुरु भयो भन्नेबारे अधिक जाँच हुनुपर्ने बताएका छन्। यस्तो जाँचमा चीनको वुहान भाइरोलोजी ल्याबबाट भाइरस 'एक्सिडन्टल्ली लिक' भएको हो कि भनेरसमेत पुनः बुझ्न उनीहरुले माग गरेका छन्। 'साइन्स' पत्रिकामा प्रकाशित एक पत्रमा हार्वर्ड, स्ट्यानफोर्ड तथा एमआईटीजस्ता संसारकै प्रतिष्ठित विश्वविद्यालयका १८ वैज्ञानिकले कोरोनाको उत्पत्तिको खोजका लागि आह्वान गरेका हुन्।
प्रतिक्रिया दिनुहोस्