सिरहामा जेष्ठ २१ सम्म निषेधाज्ञा थप लहान। सिरहामा आगामी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको छ। जिल्ला संकट व्यवस्थापन केन्द्रको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी जेठ २१ गतेसम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले बताए। त्यस्तै जिल्लाको बोर्डर सिल गरी अवतजावत बन्द गरिएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्