दक्षिण एसियाली नागरिकलाई माल्दिभ्स प्रवेशमा प्रतिबन्ध एजेन्सी। माल्दिभ्सले दक्षिण एसियाली मुलुकका नागरिकलाई आफ्नो देश भ्रमणमा प्रतिबन्ध लगाएको छ। पर्यटन तथा अध्यागमन मन्त्रालयले भारत, नेपाल, भुटान, अफगानिस्तान, बंगलादेश, श्रीलंका र पाकिस्तानका नागरिकलाई भ्रमणमा प्रतिबन्ध लगाएको छ। पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्न थालेपछि माल्दिभ्सले यस्तो कदम चालेको हो। माल्दिभ्समा बुधबार एक हजार ५७२ नयाँ संक्रमित संख्या थपिएका थिए। अप्रिलको मध्यतिर त्यहाँ १०० नयाँ संक्रमित मात्र थपिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्