डार्कसाइडलाई पाँच लाख फिरौती!
बीबीसी। साइबर अपराधसँग जोडिएको समूह डार्कसाइडलाई अमेरिकी इन्धन कोलोनियल पाइपलाइनले करिब पाँच लाख डलर फिरौती दिएको छ। कोलोनियलमाथि गत साताको अन्त्यमा साइबर हमला भएको थियो। पाइपलाइनमा साइबर हमला भएपछि अमेरिकामा इन्धन आपूर्तिमा समस्या परेको थियो। सीएनएन, न्युयोर्क टाइम्स, ब्लुमबर्ग र वालस्ट्रिट जर्नलले सूत्रका आधारमा ह्याकर्सलाई फिरौती दिएको समाचार लेखेका छन्। कोलोनियलले भने यसबारे केही बोलेको छैन।
प्रतिक्रिया दिनुहोस्