चीनको विपक्षमा अमेरिका-अस्ट्रेलिया सँगसँगै एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले चीनले थोपरेको आर्थिक दबाबमा आफू सधैं अस्ट्रेलियाको साथमा रहने बताएका छन्। अमेरिका पुगेका अस्ट्रेलिया विदेशमन्त्री मोरिस पायनेसँग संयुक्त प्रेसवार्तामा बोल्दै उनले अमेरिकाले अस्ट्रेलियालाई कहिल्यै एक्लै हुन नदिने घोषणा गरेका हुन्।अमेरिका र अस्ट्रेलिया क्‍वाड समूहमा छन् र उनीहरु यसका माध्यमबाट थुप्रै काम गर्न चाहन्छन्।चीनले भने क्‍वाडलाई सीमित स्वार्थपूर्तिका निम्ति खोलिएको संगठन बताउँदै आएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्