मकवानपुरका नौ स्थानीय तहमा आइसोलेशन निर्माण
हेटौंडा। कोरोना भाइरस संक्रमितको उपचारको लागि मकवानपुरका ९ स्थानीय तहले आइसोलेसन निर्माण गरेका छन्। मकवानपुरमा इन्द्रसरोवर गाउँपालिकाबाहेक सबै पालिकाले आइसोलेसन निर्माण गरेका हुन्। इन्द्रसरोवर गाउँपालिकामा पनि आइसोलेसन निर्माणका लागि आवश्यक सामग्री आइसके पनि स्थापना गरिने स्थानको टुङ्गो लाग्न नसक्दा ढिलाइ भएको स्वास्थ्य शाखा प्रमुख मन्नुनाथ अधिकारीले बताए। मकवानपुरमा अहिले दुई हजार २४ सक्रिय सङ्क्रमित रहेकन छन्। रासस
प्रतिक्रिया दिनुहोस्