कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरको सात अस्पतालसँग सम्झौता
काठमाडौं। कोभिड-१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा सहयोग गर्नका लागि एकै दिन सात अस्पतालसँग सम्झौता गरेको छ। महानगरपालिकाले वीरेन्द्र सैनिक अस्पताल, वीर अस्पताल, क्षत्रपाटी निःशुल्क चिकित्सालय, निजामती कर्मचारी अस्पताल, महेन्द्रनारायण निधि मेमोरियल अस्पताल, हेल्पिङ ह्यान्ड्स सामुदायिक अस्पताल र मोडल अस्पताल रहेका छन्।
प्रतिक्रिया दिनुहोस्