काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष उद्घाटनको दिन सबैले दिपावली गर्न अनुरोध गरेका छन्।
आज आयोजित कार्यक्रममा मन्त्री भट्टराईले १६ पुसमा दिपावली गरेर भ्रमण वर्षको शुरूआत गर्न अनुरोध गरेका हुन्। उनले सरकारी निकाय, गैरसरकारी संस्था तथा निजी क्षेत्रलाई दिपावली गरेर भ्रमण वर्षको शुरूआत गर्नुपर्ने बताए।
“त्यो दिनबाट नेपाल नयाँ बाटो हिड्ने छ। पर्यटक दशकको घोषणा गर्ने योजना छ। राष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्री, प्रदेश प्रमुखहरूको सहभागीता रहन्छ। त्यहीदिन सातै प्रदेशमा एकसाथ भ्रमण वर्षको तयारी, १०० भन्दा बढी संघसंस्थासँग छलफल गरेको छु”, मन्त्री भट्टाराईले भने, “यो भ्रमण वर्षलाई राष्ट्रिय अभियान बनाउनुपर्छ। आर्थिक र राजनीतिक असमानताको अन्त्य गर्दै पर्यटन विकासको काम शुरू गरिएको छ।”
" /> काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले भ्रमण वर्ष उद्घाटनको दिन सबैले दिपावली गर्न अनुरोध गरेका छन्।

">