बाइडेन–नेतान्याहु वार्ता
एजेन्सी। गाजाक्षेत्रमा संघर्ष बढ्दै गएपछि अमेरिकी राष्ट्रपतिसँग इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले वार्ता गरेका छन्। नेतान्याहुको कार्यालयका अनुसार, इजरायली नेताले बाइडेनलाई गाजामा जारी संघर्ष र सम्भावित कारवाहीबारे जानकारी दिएका हुन्। नेतान्याहुले आत्मरक्षाके अधिकारबारे अमेरिकाले विनाशर्त दिएको समर्थनका लागि धन्यवाद दिएका छन्। हिंसामा सामेल नभएका व्यक्ति र संस्था जोगाउन आफूले सक्दो प्रयास गरिरहेको पनि नेतान्याहुले बतएका छन्।
प्रतिक्रिया दिनुहोस्