वरिष्ठ ग्याँष्ट्रोइन्टेरोलोजिष्ट विशेषज्ञ डा.आइएल आचार्यको निधन
काठमाडौं। वरिष्ठ ग्याँष्ट्रोइन्टेरोलोजिष्ट विशेषज्ञ डा. आइएल आचार्यको आज विहान ८३ वर्षको उमेरमा निधन भएको छ। उनको कोरोना भाइरस संक्रमणको कारण निधन हो। सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा उनको निधन भएके थियो। कोरोना संक्रमण देखिएपछि उनलाई गत वैशाख १८ गते स्टार अस्पतालमा भर्ना गरिएको थियो। डा. आचार्य पछिल्लो समय पुल्चोकस्थित निदान अस्पतालमा कार्यरत थिए।
प्रतिक्रिया दिनुहोस्