काठमाडौं। १६ पुसमा शुरू हुने नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनमा चार देशका पर्यटनमन्त्री उपस्थित हुने भएका छन्।
दशरथ रंगशालामा हुने उद्घाटन कार्यक्रममा चीन, भारत, म्यानमार र जमैकाका पर्यटनमन्त्री उपस्थित हुने भएका हुन्।
सरकारले ४५ देशलाई भ्रमण वर्षको उद्घाटनमा नेपाल आउन निम्तो दिएको थियो। तर, त्यसबाट चार देशका पर्यटनमन्त्री नेपाल आउने निश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ।
भ्रमण वर्षलाई नै लक्षित गरेर सरकारले रसियाका राष्ट्रपति भ्लादमिर पुटिनलाई विषेश निम्तो दिएको थियो। तर, उनी नेपाल नआउने निश्चित भइसकेको छ। पुटिनलाई विषेश निम्तो दिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आफैं रसिया गएका थिए। त्यहाँ उनले रसियन विदेशमन्त्रीलाई भेटेर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।
अंग्रेजी नयाँ वर्षमा पश्चिमाहरू लामो विदामा बस्ने गर्छन्। सोही कारण, उनीहरूले पहिल्यै आफ्नो छुट्टीको योजना बनाएर बसेका हुन्छन्। त्यसैले पुटिन लगायतका विषेश पाहुनाहरूलाई नेपाल ल्याउन नसकिएको मन्त्रालयका एक कर्मचारीले बताए।
भ्रमण वर्षको उद्घाटन कार्यक्रममा सहभागी हुनलाई भुटानका पर्यटन बोर्डका महानिर्देशक नेपाल आइसकेका छन्। कार्यक्रममा विभिन्न देशका सञ्चारमाध्यमलाई पनि निम्तो दिइएको छ।
उद्घाटनमा नेपाल आर्मी, नेपाल पुलिसले छुट्टा-छुट्टै प्रस्तुति दिने भ्रमण वर्षका संयोजक सुरज वैद्यले जानकारी दिए। उनले भने “यसका साथै, सातै प्रदेशको संस्कृति झल्कने गरी प्रस्तुति दिइने छ।”
१६ पुसमा दशरथ रंगशालामा आयोजना हुने कार्यक्रमको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन्। कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले विषेश सम्बोधन गर्नेछन्।
यसका साथै, विदेशी पाहुनाहरूलाई पनि सम्बोधनका लागि समय दिइने जनाइएको छ। कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, प्रदेशका मुख्यमन्त्री, निजी क्षेत्रका प्रतिनिधिहरूको समेत उपस्थिति रहने छ।
विदेशस्थित कूटनीतिक नियोगहरूमा जनवरी ७ मा भ्रमण वर्षको कार्यक्रम आयोजना गरिने छ।