भारतमा जुलाईसम्ममा ५१.६ करोडलाई भ्याक्सिन लगाउने योजना
एजेन्सी। भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले जुलाईसम्ममा ५१ करोड ६० लाखजनालाई कोरोनाविरुद्धको भ्याक्सिन लगाइसकिने दाबी गरेका छन्। त्यहाँ हालसम्म १८ करोडभन्दा बढीलाई भ्याक्सिन लगाइसकिएको छ। स्वास्थ्यमन्त्री हर्ष वर्धनले भ्याक्सिन उत्पादन वृद्धिमा सरकार लागिपरेको बताए। शनिबार उनले भने, "मागअनुरुप भ्याक्सिन उत्पादन बढ्को छ। उत्पादित भ्याक्सिन विभिन्न स्थानमा समान रुपमा वितरण भइरहेको छ।"
प्रतिक्रिया दिनुहोस्