भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भक्तपुर। भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत भएकी छन्। बलात्कारको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–५ छालिङ बस्ने ५२ वर्षीय भिमबहादुर वनलाई पक्राउ गरेको छ। भिमबहादुरले ती बालिकालाई सोही ठाउँस्थित टहरामा बलात्कार गरेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर भक्तपुर र महानगरीय प्रहरी प्रभाग खरिपाटीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको थियो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्