सात वर्षमा १४ सय मृत गाईबाच्छा नदी किनारमा भेटिए काठमाडौं।असहाय गाईबाच्छा संरक्षण अभियानले २०७० देखि २०७६ को अवधिमा नदी किनारमा १४ मृत गाईबाच्छाहरुको अन्तिम व्यवस्थापन गरिएको जनाएको छ।“खासगरी काठमाडौं उपत्यकाभित्र हरेक दिन मासुका लागि असहाय गाईबाच्छाहरुको तस्कर गर्ने र उनीहरुलाई मार्ने गरिएको समेत पाईएको छ। नदी किनारमा देखिने लादीका थुप्रोहरु यसका उदाहरण हुन्,” अभियानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।अभियान अन्तर्गत हाल दुई सयभन्दा बढी गाईबाच्छाले नयाँ जीवन पाइरहेको जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्