संसदको उद्योग समितिले सरकारलाई भन्यो– ‘उखु किसानको रकम नदिने उद्योगीलाई कारबाही गर’
काठमाडौं। प्रतिनिधि सभाअन्तर्गतको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले उखु किसानको रकम नदिने उद्योगीलाई कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले किसानको रकम जसरी पनि दिलाउन र आलटाल गर्ने उद्योगीलाई कारबाही गर्न निर्देशन दिएको हो।

आन्दोलनरत उखु किसानहरू संसदीय समितिमा उपस्थित भएर आफ्नो समस्या सुनाएका थिए। त्यसपछि यो विषयमा समितिले सरकारलाई निर्देशन दिएको हो।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भुसालले चिनी मिलका सञ्चालकहरू सम्पर्कमा नरहेकाे बताएका छन्। उनले किसानहरूको उखुको मूल्य नतिर्ने अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको र सरकारले खोजिरहेको बताए।

समितिमा उपस्थित भएका उखु किसानहरूले अन्नपूर्ण सुगर मिलले ५० करोड र महालक्ष्मी सुगर मिलले २१ करोड रुपैयाँ किसानलाई नतिरेको बताए। त्यस्तै सरकारले दिने अनुदानसमेत नपाएको र उखु मिलले समेत उचित मूल्य नदिएको गुनासो किसानहरूको छ।

उखु किसानहरू उखुको भुक्तानी पाउनुपर्ने भन्दै  केही दिनदेखि माइतीघरमा आन्दोलन गरिरहेका छन्।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्