भीम रावललाई सञ्चारमन्त्रीको कटाक्षः ‘छाउपडी हटाउन नसक्ने अनि ठूला कुरा गर्ने’ <p>कैलाली। सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेकपा नेता भीम रावललाई कटाक्ष गरेका छन्। बाँस्कोटाले रावलप्रति लक्षित गर्दै &lsquo;आफ्नो जिल्लामा छाउपडी प्रथा हटाउन नसक्ने अनि ठूला कुरा गर्ने&rsquo; भन्दै व्यंग्य गरेका हुन्।</p> <p>&ldquo;हामी छाउपडी प्रथा हटाउन छलफल गर्न तयार छौं भन्दा उहाँ आउन मान्नुहुन्न&rdquo;, बाँस्कोटाले भने।</p> <p>प्रेस क्लब नेपाल र रेडियो सुदूर सन्देशले आज सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा मिडियाको भूमिका विषयक गोष्ठी गरेको हो। गोष्ठीमा बाँस्कोटाले मिडियाले यथार्थ कुरा मात्र लेख्नुपर्ने बताए। &ldquo;सञ्चारमाध्यमले सहीलाई सही र झुटोलाई झुटो भन्न सक्नुपर्छ&rdquo;, उनले भने।</p> <p>साथै उनले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा पनि सञ्चारमाध्यम जिम्मेवार बन्न सुझाव दिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्