एभरेष्टको अक्सिजन पाइप पड्किँदा एक जनाको मृत्यु काठमाडौं। एभरेष्ट अक्सिजन उद्योगको अक्सिजन पड्किँदा एक जनाको मृत्यु भएको छ। उद्योगका अध्यक्ष शिवप्रसाद घिमिरेले ३० गते राती सिलिन्डरमा अक्सिजन भर्ने पाइप पड्किँदा एक जनाको मृत्यु भएको बताए। उनले भने, ‘दुर्घटना भएपछि हामीले उपचारका लागि अस्पताल लग्यौं। तर उपचारको क्रममा उनको मृत्यु भयो।’ रातीको समयमा पाइपलाइन चलिरहेका बेला निदाउँदा सो अक्सिजन पड्किएको हुन सक्ने घिमिरेको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्