काठमाडौं। प्रहरीले नेपाल बैंक लिमिटेड डिल्लीबजार शाखाका पूर्वप्रबन्धक भूपराज कोइरालालाई पक्राउ गरेको छ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कोइरालालाई ११ पुसमा पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।
कोइरालालाई बैंकिङ कसूरमा अनुसन्धान गर्न उच्च अदालत पाटनबाट १३ पुसमा सात दिनको म्याद थप गरिएको सीआईबीका प्रवक्ता एसपी बेलबहादुर पाण्डेले देखापढीलाई बताए।
नेपाल बैंक केन्द्रीय कार्यालयको जाहेरीपछि कोइरालालाई पक्राउ गरिएको हो।
कोइरालालाई बैंकलाई नभएको दायित्व सिर्जना गरेर अनुचित लाभ लिएको आरोपको जाहेरी परेपछि पक्राउ गरिएको सीआईबीले जनाएको छ।
“बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम कोइरालामाथि छानबिन शुरू गरेका छौं”, एसपी पाण्डेले भने।