असममा उल्फाले गर्‍यो तीन महिने संघर्ष विराम घोषणा एजेन्सी। भारतको असममा प्रतिबन्धित उल्फा(युनाइटेड लिबरेसन फ्रन्ट अफ असम–इन्डेपेन्डेन्ट)ले तीन महिनाका लागि एकतर्फी संघर्ष विरामको घोषणा गरेको छ। असममा कोरोना संक्रमण बढ्दै गएपछि उल्फाले यस्तो निर्णय गरेको हो। उल्फाले मिडियालाई प्रेस विज्ञप्ति पठाएर संघर्ष विरामबारे जानकारी दिएको हो। कोरोनाका कारण असमबासीहरुले निकै कष्ट भोग्नु परिरहेकाले संघर्ष विराम आवश्यक परेको उल्फाको भनाइ छ। असममा करिब सवा तीनलाख संक्रमित छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्