एडीबीले भारतलाई एक वर्षमा ३.९२ अर्ब डलर ऋण दियो एजेन्सी। एसियाली विकास बैंक(एडीबी)ले भारतलाई २०२० मा ३.९२ अर्ब डलर ऋण स्वीकृति दिएको बताएको छ। कोरोना नियन्त्रणमा १.८ अर्ब डलरसहित अन्य १२ योजनालाई उक्त ऋण दिन एडीबीले स्वीकृति दिएको हो।एडीबीले भारतको सहरी क्षेत्रमा प्राथमिक स्वास्थ्य, सामाजिक सुरक्षा तथा कमजोर समूहको सहयोगका लागि ऋण प्रदान गरेको बताएको छ। एडीबीले भारतलाई दिएको यो नै सबैभन्दा ठूलो ऋण हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्