मिडिया कार्यालयमा हमलापछि इजरायललाई अमेरिकाले दियो चेतावनी
बीबीसी। गाजाक्षेत्रस्थित बहुतल्ले भवनमा हमलापछि अमेरिकाले पत्रकारको सुरक्षा सुनिश्चित गर्न इजरायललाई चेतावनी दिएको छ। ह्वाइटहाउस प्रवक्ता जेन साकीले ट्विटमा भने, ‘‘हामीले इजरायललाई भनेका छौं, सबै पत्रकार र स्वतन्त्र मिडियाको सुरक्षा सुनिश्चित गर्नु उसको अहम् जिम्मेवारी हो।’’ शनिबार इजरायलले हमला गरेको बहुतल्ले भवनमा थुप्रै विदेशी न्युज च्यानल र मिडिया कार्यालय थिए। हमलामा के–कति नोक्सान भयो भन्नेबारे अझै जानकारी आएको छैन।
प्रतिक्रिया दिनुहोस्