शितलहरका कारण धनगढीका विद्यालय चार दिन बन्द रहने <p>कैलाली। शीतलहरका कारण चिसो बढ्दै गएपछि धनगढी उपमहानगरपालिकाले चार दिन विद्यालयमा बिदा दिने निर्णय गरेको छ।</p> <p>शीतलहरका कारण बालबालिका प्रभावित हुन थालेपछि विद्यालयमा बिदा दिने निर्णय गरिएको धनगढी उपमहानगरपालिका प्रमुख नृप ओडले बताए।</p> <p>उनले उपमहानगरभित्रका सामुदायिक र संस्थागत विद्यालय १५-१८ पुसमा बिदा दिने निर्णय गरिएको बताए। चिसोका कारण यसअघि पनि दुई दिन विद्यालय बिदा गरिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्