काठमाडौं। देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारले प्रायोजित रूपमा आफूहरूलाई पक्राउ गरेको आरोप लगाएका छन्।
आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गजुरेलले आफूहरूले प्रशासनलाई कार्यक्रमका विषयमा जानकारी गराएको भएपनि प्रहरीले पक्राउ गर्नु शंकास्पद रहेको टिप्पणी गरे।
प्रक्राउपछि प्रहरीले गरेको व्यवहारले घटना प्रायोजित थियो भन्ने पुष्टि हुने उनको भनाइ छ। आफूहरुले प्रधानमन्त्रीलाई भेट्न समय लिन खोजेपनि ‘बेड रेस्ट’मा भएका कारण सम्भव नभएको उनले बताए।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग समय लिएर भेट्न जाँदा प्रहरीले पक्राउ गरेको गजुरेलको दाबी छ।
उनले नेपालको भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेक राखेर भारतले नयाँ नक्शा निकालेपछि आफूहरूले भारतको कदमको विरोध गरेको बताए।
प्रहरीले १३ पुसमा काठमाडौंबाट गजुरेलसहित नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का नेता/कार्यकर्ताहरूलाई पक्राउ गरेको थियो।
" /> काठमाडौं। देशभक्त गणतान्त्रिक मोर्चा नेपालका संयोजक सीपी गजुरेलले सरकारले प्रायोजित रूपमा आफूहरूलाई पक्राउ गरेको आरोप लगाएका छन्।आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै गजुरेलले आफूहरूले प्रशासनलाई कार्यक्रमका विषयमा जानकारी गराएको भएपनि प्रहरीले पक्राउ गर्नु शंकास्पद रहेको टिप्पणी गरे।

">