आज भारतबाट ३ हजारभन्दा बढी नेपाली स्वदेश फर्किए काठमाडौं। गृह मन्त्रालयले कोरोना महामारीबीच आज भारतसँग जोडिएको विभिन्न सीमा नाकाबाट तीन हजार ३४ नेपाली स्वदेश फर्केको जनाएको छ। उनीहरुलाई सीमाबाट सुरक्षित तरिकाले भित्र्याइएको गृहले बताएको छ। कोरोना संक्रमण बढेपछि सरकारले अन्तर्राष्ट्रिय उडान बन्द गरेको भएपनि भारतबाट स्वदेश फर्कनेलाई रोकेको छैन। गृहका अनुसार पछिल्ला प्रत्येक दिन तीन हजार बढी नेपाली भारतबाट स्वदेश फर्किरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्