महानगरका विद्यालयमा जेठ मसान्तभित्रै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गरिने
काठमाडौं। काठमाडौं महानगरपालिकाले जेठ मसान्तभित्रै परीक्षा सञ्चालन र नतिजा प्रकाशन गर्ने भएको छ। महानगरले आज एक विज्ञप्ति जारी गर्दै महानगरभित्र सञ्चालित सबै विद्यालयहरुको शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरेबमोजिम विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा जेठ मसान्तभित्रै परीक्षाफल प्रकाशन र असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सञ्चालन गर्ने जनाएको हो।
प्रतिक्रिया दिनुहोस्