अरबको शक्तिशाली चक्रवातको प्रभाव : नेपालका केही प्रदेशमा वर्षाको सम्भावना काठमाडौं। पूर्वीमध्य अरब सागरमा रहेको अति शक्तिशाली चक्रवात अझ विकशीत हुने क्रममा रहेकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। सो प्रणालीका कारण मंगलबार केही स्थानमा सामान्यदेखि पूर्ण बदली रही बुधबारदेखि शुक्रबारसम्म कर्णाली, सुदुरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानहरूमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको अनुमान छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्