काठमाडौं। उखु किसानलाई भुक्तानी नदिएका दुई उद्योगका सञ्चालक फरार भएका छन्। सर्लाहीका अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले बताएका छन्।
आज सिंहदरबारमा बसेको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा कृषिमन्त्री भुसालले सर्लाहीका दुई चिनी उद्योग सञ्चालक फरार भएको बताए।
किसानसँग उखु किनेबापत अन्नपूर्णले ४० करोड रूपैयाँ र महालक्ष्मीले २० करोड रूपैयाँ तिरेको छैन्। यस्तै, रौतहटको श्रीराम सुगर मिलले ४२ करोड, इन्दिरा सुगर मिलले १० करोड, लुम्बिनी सुगर मिलले १० करोड र बागमती सुगर मिलले ११ करोड रूपैयाँ तिर्न बाँकी छ।
जसमध्ये, तीन उद्योगले किसानको भुक्तानी आगामी साताभित्रै गरिदिने घोषणा गरिसकेका छन् भने एक उद्योग पैसा तिर्न सहमत भए पनि कहिलेसम्म तिरिसक्ने खुलाएको छैन।
उद्योग राज्यमन्त्री मोतिलाल दुगडले पनि चिनी उद्योगी सम्पर्कमा नरेको देखापढीलाई बताए।
यसका साथै, किसानको पैसा भुक्तानी नदिनेमा श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा र विशाल अग्रवाल पनि हुन्। श्रीरामले विगत तीन वर्षदेखि वर्षेनी २÷३ करोड रूपैयाँ बाँकी राख्दै आएको बताइएको छ।
यस्तै, अन्नपूर्ण र इन्दिरा सुगर मिलका सञ्चालक राकेश अग्रवाल हुन्। लुम्बिनी सुगर मिल भने नेपाल सरकारकै स्वामित्वमा सञ्चालन भइरहेको छ। बागमती सुगर मिलका सञ्चालक राम थापा र जगदीश अग्रवालले पनि उखु किसानका पैसा तिरेका छैनन्।
चिनी मिलले उखुको पैसा नदिएको भन्दै किसानहरूले काठमाडौंको माइतीघरमा धर्ना दिइरहेका छन्।
पटक–पटक उखुको भुक्तानी माग्दा उद्योगीले नदिएपछि किसानले इन्दिरा सुगर मिलमा तालाबन्दी समेत गरेका थिए। १४ वैशाखमै १४ चिनी मिलले उखु क्रसिङ सकेर उद्योग बन्द गरेका थिए। अहिले भने आठवटा मात्रै चिनी मिलले उखु क्रसिङ शुरू गरेका छन्।
" /> काठमाडौं। उखु किसानलाई भुक्तानी नदिएका दुई उद्योगका सञ्चालक फरार भएका छन्। सर्लाहीका अन्नपूर्ण सुगर मिलका सञ्चालक राकेश अग्रवाल र महालक्ष्मी सुगर मिलका सञ्चालक वीरेन्द्र कनौडिया सम्पर्कमा नरहेको कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले बताएका छन्।आज सिंहदरबारमा बसेको उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा कृषिमन्त्री भुसालले सर्लाहीका दुई चिनी उद्योग सञ्चालक फरार भएको बताए।

">