वीरगञ्ज महानगरपालिकाका कम्प्युटर अपरेटर १५ हजार घुससहित पक्राउ
<p>काठमाडाैं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग १५ हजार रूपैयाँ घुस लिएको आराेपमा वीरगञ्ज महानगरपालिकाको कार्यालयमा कार्यरत कम्प्युटर अपरेटर राकेशकुमार जैसवाललाई पक्राउ गरेको छ।</p>
<p>आयोगका अनुसार जैसवालले उपभोक्ता समितिले सम्पन्न गरेको कामको भुक्तानी गरी दिएबापत् सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आज सोही कार्यालयबाट पक्राउ गरिएको हो। आरोपीमाथि थप अनुसन्धान भइरहेको छ।</p>
<p>यस्तै सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई पाँच हजार रूपैयाँ घुस लिएको आराेपमा आजै आयोगले पक्राउ गरेको छ। मोरङको सीमा सुरक्षामा खटिएका जवान विश्वासले भारतबाट प्याज ल्याउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग पाँच हजार रूपैयाँ घुस लिएको आराेप छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्