काठमाडौं उपत्यकामा एक हजार ४६७ सवारीसाधन होल्डमा काठमाडौं। ट्राफिक प्रहरीले निषेधाज्ञाको अवज्ञा गरी चलाइएका एक हजार४६७ वटा सवारीसाधनलाई आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा होल्ड गरिएको जनाएको छ। होल्ड गरिएकामध्ये एक हजार७५ वटा दुई पाङग्रे,२९० वटा चार पाङ्ग्रे, ४२ वटा ट्याक्सी र ६० वटा अन्य ठूला सवारीसाधन रहेका छन्। काठमाडौं उपत्यकामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्