आफ्नो नीति कडाई गर्दै ह्वाट्सएप
एजेन्सी। ह्वाट्सएपले शनिबारदेखि आफ्नो गोपनीयता नीतिमा कडाइ गरेको छ। ह्वाट्सएपले आफ्नो नीति स्वीकार नगर्ने प्रयोगकर्ताको कल तथा मेसेज ब्लक गर्नेछ। ह्वाट्सएपले आफ्नो गोपनीयता नीति स्वीकार नगर्ने प्रयोगकर्ताको आउटगोइङ कल तथा मेसेज मे१५ बाट नै ब्लक गर्न थालेको हो। तर उनीहरुले आएका मेसेज तथा कलको उत्तर दिन भने सक्नेछन्। नयाँ नीतिअनुसार उक्त एपले फेसबुकका अन्य सेवाहरुसँग यसका प्रयोगकर्ताको शेयर गर्न सक्नेछ।
प्रतिक्रिया दिनुहोस्