चक्रवात टोकटेका कारण मुम्बई एयरपोर्ट बन्द, सेना तैनाथ एजेन्सी। चक्रवात टोकटेका कारण भारतको कर्नाटक, केरला र गोवामा तीव्र हावाहुरीका साथ भारी वर्षा भएको छ। टोकटेकै कारण आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मुम्बई विमानस्थल बन्द गरिएको छ। गुजराततर्फ अघि बढिरहेको यो तुफान निकै खतरनाक हुनसक्ने चेतावनी भारतको मौसम विभागले दिएको छ। यसले ठूलो नोक्सानी गर्नसक्ने अनुमान गरिएको छ। गुजरातमा सोमबार साँझसम्म चक्रवात टोकटे पुग्ने जनाइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्