एआईजी बढुवाका लागि सिफारिस भइन् डीआईजी सिंह

काठमाडौं। नेपाल प्रहरीकी डीआईजी डा.आशा सिंहलाई एआईजी बढुवाका लागि सिफारिस गरिएको छ।

गृह मन्त्रालयअन्तर्गत रहेको बढुवा समितिको आज बसेको बैठकले स्वास्थ्य उपसमूहतर्फ रिक्त एआईजी पदका लागि सिंहलाई सिफारिस गरेको हो।

डीआईजी सिंह प्रहरी अस्पतालमा कार्यरत छन्। उनी वरिष्ठ स्त्रीरोग विशेषज्ञ हुन्।

प्रहरी अस्पतालको मेडिकल डाइरेक्टर एआईजी दुर्गा थापा नियमित अवकासमा गएपछि एआईजी पद रिक्त थियो।

रिक्त रहेको उक्त पदका लागि सिंहलाई सिफारिस गरिएको सिफारिस समितका सदस्य-सचिव एवं प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्