टेलिकमको भिओएलटिई सेवा कसरी लिने ?
काठमाडौं। नेपाल टेलिकमले आजबाट परीक्षणको रुपमा सुरु गरेको भ्वाइस ओभर (भिओएलटिई) सेवा लिन सबैभन्दा पहिला भिओएलटिई सपोर्ट गर्ने मोबाइल चाहिन्छ। त्यसमा ८४४४३ डायल गरी प्राप्त निर्देशनअनुसार भिओएलटिई एक्टिभेट गर्न सकिन्छ। उक्त सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भिओएलटिई कल फर एनटिसी सिमसमेत इनेबल गर्नुपर्दछ। लगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भिओएलटिईको सङ्केत देखापर्दछ। भिओएलटिईको सङ्केत देखापरेपछि ८१११३ डायल गर्नुपर्दछ।
प्रतिक्रिया दिनुहोस्