मुख्यमन्त्रीद्वारा युएन एजेन्सीसँग छलफल धनुषा। प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक सहयोग गरिदिन प्रदेशस्थित राष्ट्र सङ्घीय निकाय (युएन एजेन्सी)लाई अपिल गरेका छन्। प्रदेश नीति तथा योजना आयोगको संयोजनमा जनकपुरधामस्थित मधेश भवनमा सम्पन्न युएन एजेन्सीसँगको छलफलमा राउतले महामारी नियन्त्रणका लागि अतिआवश्यक देखिएको भेन्टिलेटर, अक्सिजन ग्यासको आपूर्ति, औषधि, जनशक्ति र भ्याक्सिन उपलब्ध गराइदिन अपिल गरेका हुन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्