काठमाडाैं। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौं सिनेट बैठकले जुम्लामा एमबीबीएस र एमडीजीपीको कक्षा सञ्चालन गर्ने भएको छ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री एवम् प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमबीबीएस र एमडीजीपी सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए।
उनका अनुसार प्रतिष्ठानले उठाएको प्रस्ताव नं ५ को निर्णयानुसार कर्णाली प्रतिष्ठानका शैक्षिक कार्यक्रम एमबीबीएस, एमडीजीपी जनरल, एमएस अर्थोपेडिक्स, एमडी इन एनेस्थीयोलोजी, एमडी एण्ड पेड्यिाडिक्स, एमडी गाइनोलोजिस्ट, एमएसी इपिडिमियोलोजी, व्याचलर न्यूट्रेसन र फार्मेसीका कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो।
यसैगरी उच्चस्तरका शैक्षिक कार्यक्रमसहित १२ वटा प्रस्ताव सहमतिमा पारित गरिएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले जानकारी दिए। उनका अनुसार प्रतिष्ठानको संशोधित नियमावली, बजेटसहित पारित भएका छन्। यसैगरी प्रतिष्ठानका बहुवर्षीय योजनासमेत पारित भएको प्रतिष्ठानका रजिष्ट्रार काफ्ले जानकारी दिए।
प्रतिष्ठानले एमबीबीएस र एमडीजीपीको अध्ययन शुरू गर्ने मार्ग दिएपछि कर्णालीवासी खुशी भएका छन्। प्रतिष्ठानको यो सिनेट बैठकले अब कर्णालीको विकासमा अर्को आयाम थपिएको प्रतिष्ठान स्थापना पहल समितिका संयोजक एवम् कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले प्रतिक्रिया दिए। यद्यपि शैक्षिक उच्च तहका कार्यक्रम चिकित्सा शिक्षा आयोगले स्वीकृत दिनुपर्दछ।
यस्तै प्रतिष्ठानको सिनेट बैठकले छनोट समितिको अध्यक्ष प्राध्यापक डा. गणेश गुरुङ र सदस्यमा डा. तरुण पौडेललाई नियुक्त गर्ने निर्णय गरेको छ। रासस
" /> काठमाडाैं। जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको सातौं सिनेट बैठकले जुम्लामा एमबीबीएस र एमडीजीपीको कक्षा सञ्चालन गर्ने भएको छ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा स्वास्थ्य तथा जनसंख्यामन्त्री एवम् प्रतिष्ठानका सहकुलपति भानुभक्त ढकालको अध्यक्षतामा काठमाडौंमा बसेको बैठकले कर्णाली प्रतिष्ठानमा एमबीबीएस र एमडीजीपी सञ्चालन गर्ने निर्णय गरेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा. निरेश थापाले जानकारी दिए।

">