सरकारसँगको मतभेदपछि भारतीय वैज्ञानिक जमीलद्वारा कोभिड प्यानलबाट राजिनामा
एजेन्सी। भारतका शीर्ष भाइरोलोजिस्ट शाहिद जमीलले सरकारसँग मतभेद बढेपछि कोभिडसम्बन्धी प्यानलबाट राजीनामा दिएका छन्। प्यानलले भारत सरकारको सल्लाहकारको रुपमा काम गर्दै आएको थियो। सरकारले कोरोनाको नयाँ भेरिएन्ट पत्ता लगाउन गठन गरेको प्यानलबाट उनले राजीनामा दिएका हुन्। कोरोना महामारीका विषयमा सरकारी अधिकारीको प्रश्नपछि उनले राजिनामा दिएका हुन्। उनले न्यूयोर्क टाइम्समा लेख लेख्दै नीति निर्माणमा सरकारी प्रतिरोधको सामाना गर्नुपरेको उल्लेख गरेका थिए।
प्रतिक्रिया दिनुहोस्