फेकोफनले भन्यो, कोरोना रोकथाममा खट्नु र दाहसंस्कार गर्दा अवरोध नगर्नु काठमाडौं। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले कोभिड-१९ को महामारीमा सामुदायिक वन उपभोक्ता समूहलाई परिचालित हुन आह्वान गरेको छ।महासंघका अध्यक्ष भारती पाठकले वक्तव्य जारी गर्दै महासंघका सवै तह कोरोना रोकथाममा परिचालित हुन आह्वान गरेको हो।सामुदायिक वन उपभोक्ता समूहले आफ्ना कोषबाट आवश्यकतानुसार स्वास्थ्य सामग्री खरीद तथा वितरण गर्न, मृत्यु भएका व्यक्तिको दाहसंस्कारमा अवरोध नगरी सहयोग गर्नसमेत भनेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्