तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्को सुझाव काठमाडौं। अरब सागरको आँधीको प्रभाव नेपालमा पनि देखिने भएको हुँदा तत्काल हिमाल आरोहण नगर्न/नगराउन मौसमविद्ले सुझाव दिएका छन्। मौसमविद् मीनकुमार अर्यालकाअनुसार हिमाल आरोहणमा गएकाहरु यो समयमा आधार शिविरभन्दा माथि नजाँदा राम्रो हुनेछ। "भोलि पर्सिसम्म हिमालको माथिल्लो क्षेत्रमा गएकाहरु आधार शिविरमा झर्ने या सुरक्षित स्थानमा बस्नुपर्ने हुन्छ," मौसमविद् अर्यालले भने। उच्च वेगको हावा, पानी र हिमपात हुने सम्भावना रहेको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्