प्रदेश ३ काे प्रदेश सभा बैठक २१ पुसमा
<p>हेटाैंडा। प्रदेश ३ को प्रदेश सरकारले २१ पुसमा प्रदेश सभाको बैठक आह्वान गर्ने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।</p>
<p>प्रदेश प्रमुखलाई बैठक आह्वानका लागि निर्णय गरेर पठाइएको प्रदेश सरकारका प्रवक्ता कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए। प्रदेश सभाको बैठकमा प्रदेशको राजधानी र नामकरणको विषय औपचारिकरूपमा प्रवेश गरेर निर्णय भएको उनको भनाइ छ।</p>
<p>सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले प्रदेशको नाम र राजधानी टुंगाे लगाएसँगै प्रदेश सरकारले अधिवेशन आह्वान गर्न सिफारिस गरेको बताइएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्