नवलपरासी। दुई महीनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरू भएको छ। नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत २१ कात्तिकदेखि नहरमा पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो।
गत ३० मंसीरदेखि नहरमा पानी आएपछि पुसको पहिलो सातादेखि केन्द्रमा विद्युत् उत्पादन शुरू भएको कार्यालयका इञ्जिनियर अनिल शाहले जानकारी दिए। केन्द्रमा हाल दैनिक करीब तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ।
पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा वर्षौंदेखि क्षमताभन्दा निकै कम विद्युत् उत्पादन हुँदै आएको छ। दैनिक १५ मेगावाट विद्युत् उत्पादन हुने क्षमता रहेको सो केन्द्रमा नियमितरूपमा अहिले तीनदेखि तीन दशमलव पाँच मेगावाटसम्म मात्रै विद्युत् उत्पादन हुँदै आएको केन्द्रले जनाएको छ।
" /> नवलपरासी। दुई महीनादेखि उत्पादन बन्द रहेको पश्चिम नवलपरासीको सूर्यपुरास्थित गण्डक जलविद्युत् केन्द्रमा विद्युत् उत्पादन शुरू भएको छ। नियमित कार्यअन्तर्गत नहर मर्मतसम्भारका लागि भारतीय पक्षद्वारा गत २१ कात्तिकदेखि नहरमा पानी बन्द गरेपछि उत्पादन रोकिएको थियो।गत ३० मंसीरदेखि नहरमा पानी आएपछि पुसको पहिलो सातादेखि केन्द्रमा विद्युत् उत्पादन शुरू भएको कार्यालयका इञ्जिनियर अनिल शाहले जानकारी दिए। केन्द्रमा हाल दैनिक करीब तीन मेगावाट विद्युत् उत्पादन हुँदै आएको अवस्था छ।

">