स्वास्थ्य उपकरण र औषधि जम्मा गर्ने काम राजनीतिक नेताहरूको होइन : दिल्ली अदालत एजेन्सी। भारतमा कोरोना महामारीको दौरान स्वास्थ्य सामग्री र औषधि जम्मा गरेर त्यसको राजनीतिक फाइदा लिन खोज्ने राजनीतिक नेताविरुद्ध दिल्ली उच्च अदालतले आज आदेश जारी गरेको छ। आदेशमा सो काम राजनीतिक नेताको नभएको र त्यसरी जम्मा गरिएका सामग्री तत्काल स्वास्थ्य सेवा महानिर्देशनालयमार्फत् सबै सरकारी अस्पतालमा वितरण गर्न जनाइएको छ। यसको जाँचका लागि दिल्ली प्रहरीलाई पनि आदेश दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्