कोरोनाका कारण जर्मनीमा नेपालीलाई प्रवेश निषेध
काठमाडौं। नेपालमा कोरोनाको संक्रमण बढेपछि जर्मनीले आफ्नो देशमा नेपाली नागरिकलाई प्रवेशमा निषेध लगाएको छ। नेपालबाट कोरोनाको भाइरस सर्न नदिन नेपालबाट आउने सम्पूर्ण यात्रुमाथि प्रतिबन्ध लगाइएको काठमाडौंस्थित जर्मनी दूतावासले जनाएको छ। नेपालीमाथिको प्रतिबन्ध आइतबारबाट सुरु भएको हो। यसका साथै जर्मनीले नेपालबाट हुने हवाई उडानमा समेत प्रतिबन्ध लगाएको छ भने नेपालमा रहेका आफ्ना नागरिकको उद्धारमा भने केही दिनपछि उडान गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस्