काठमाडौं। भनाइ नै छ– हरेक दिन नयाँ हो। तर, हरेक बिहानी अघिल्लो दिनको गर्भमा हुर्किन्छ। त्यसैले त हरेक नयाँ दिनले विगतलाई स्मृतिमा राखिरहन्छ।
स्मृतिका अभिलेख राख्नलाई मान्छेसँग अनेक तरिका छन्। कसैले एल्बममा सजाएर तस्वीरहरू राखिदिन्छन्। कसैले तिनै स्मृतिलाई किताब बनाइदिन्छन्। त्यसैले त किताबहरू सयौं वर्षदेखि स्मृतिका अभिलेख बनिआएका छन्। जब मानिसहरू समयको पदचाप जान्न खोज्छन् किताबका पाना पल्टाउँछन्। किताबहरू मानिस हिँडेका पाइलाका साक्षी बनेर बसिदिन्छन्। र, मानिसहरू? किताबको सूची बनाउँछन्। रुचि र चासोका आधारमा वर्गीकरण गर्न खोजिदिन्छन्। यो त्यस्तै एउटा प्रयत्न हो।
३१ डिसेम्बर २०१९। ईश्वी सम्वत अनुसार यो वर्षको अन्तिम दिन। वर्षको संघारमा उभिएर सूची फर्किएर हेर्नु छ एकपटक। र, हेर्नुछ– यो वर्ष कस्ता–कस्ता किताब प्रकाशन भए? संसारमा कस्ता किताबले प्रभाव पारे?
तर, यो काम त्यति सजिलो छैन। विभिन्न भाषामा अनेकौं लेखकले अनेकन् विधामा कलम चलाएका छन्। हरेक किताब उस्तै ओजिला छन्, उस्तै महत्वपूर्ण। कति किताबका नाम हामीले सुनेकै छैनौं। कति लेखक सम्भवतः हाम्रो जिन्दगीभर हामीसँग चिनिन आउने छैनन्। सीमाको आयतन निकै विशाल छ। तर, प्रयत्नको पनि त आफ्नै कथा हुन्छ।
हामीले यहाँ यो वर्ष प्रकाशित किताबहरूको सूची बनाउने प्रयत्न गरेका छौं। विभिन्न विधाका सूची बनाउन विभिन्न स्रोतको सहारा लिएका छौं। खासगरी ती विधामा दिइने विश्वप्रसिद्ध पुरस्कारका उत्कृष्ट पुस्तक सूचीको सहारा लिएका छौं।
उत्कृष्ट आख्यान (बुकर पुरस्कारको छनोट)
आख्यानतर्फ दिइने संसारप्रसिद्ध पुरस्कार मध्ये एक ‘बुकर प्राइज’ हो। यो पुरस्कार प्रदान गर्नुअघि यसका निर्णायकहरूले हरेक वर्ष १०० भन्दा बढी आख्यानको अध्ययन गर्छन्। बुकर पुरस्कारले छनोट गरेका उत्कृष्ट ६ पुस्तक यहाँ प्रस्तुत गरिएको छ। त्यसमध्ये दुई उपन्यासले बुकर पुरस्कार पाए। एउटा मात्र आख्यानलाई पुरस्कार दिइने प्रचलन तोड्दै यसवर्ष मार्गरेट एटवुडको उपन्यास ‘द टेस्टामेन्ट्स’ र बर्नार्डिन एवरिस्टोको उपन्यास ‘गर्ल, वुमन, अदर’लाई बुकर प्राइज दिइयो।
२०१९ को बुकर पुरस्कार छनोट समितिका अधयक्ष पिटर फ्लोरेन्स थिए। बुकर पुरस्कारका लागि छनोट गरिएका पाँच उत्कृष्ट उपन्यासबारे फ्लोरेन्ससँग ‘फाइभ बुक्स डट कम’का स्टेफन केलीले कुराकानी गरेका थिए। पाँच उत्कृष्ट आख्यान र तीबारे फ्लोरेन्सका धारणा यस्ता छन्ः
१. ‘द टेस्टामेन्ट्स’: मार्गरेट एटवुड
क्यानेडियाली उपन्यासकार एटवुडको यो उपन्यास १५ वर्ष अघि प्रकाशित उनको उपन्यास ‘द ह्यान्डमेड्स टेल’को शृंखला हो। तर, यसलाई निर्णायकहरूले सिंगो उपन्यासकै रूपमा लिएका छन्। “यसले समकालीन जीवनको बर्बर र शानदार वर्णन गर्छ”, फ्लोरेन्स भन्छन्। यो उपन्यासमा क्यानडामा बस्ने दुई महिला गिलियड र डेजीको जीवन चित्रण गरिएको छ।
२. ‘गर्ल, वुमन, अदर’: बर्नार्डिन एवरिस्टा
“यो निकै बेग्लै तरिकाले लेखिएको छ। यसको लेखन काव्यात्मक छ। यसमा उपन्यासकारले बेलायतमा बस्ने १२ जना अश्वेत महिलाको जीवन चित्रण गरेकी छन्। यो किताबमा उनीहरूले बाँचेको यथार्थ जीवन चित्रण गरिएको छ। उनीहरूको जीवन उर्जावान छ। यी महिलाहरू समकालीन साहित्यका लागि नयाँ अनुहार हुन्।
उनीहरूको जीवनबारे यति सशक्त रूपमा पहिले भनिएको थिएन। उपन्यासकार १२ जना महिलाको आवाज बोल्न सफल भएकी छन्। र, हरेक आवाज प्रष्टै चिनिन्छन्।”
३. ‘डक्स, न्यूब्यूरीपोर्ट’: लुसी एलम्यान
यो ओहियोकी एक महिलाले जीवन, राजनीति, समाज र प्रकृतिबारे व्यक्त गरेको अविराम विचार (स्ट्रिम अफ कन्सियसनेस) हो। उनले सिर्जना गरेको आवाज निकै मनमोहक छ। यो किताबमा पाठकहरूले सिंगो जीवन र कल्पनाशीलताको भरमग्दुर उपयोग भेटाउनेछन्।
४. ‘द अर्केष्टा अफ् माइनरिटिज्’: चिगोजी ओबियामा
नाइजेरियाको उमाउहियाको कथा भनिएको यो उपन्यासमा एक किसानले एक महिलालाई आत्महत्या गर्नबाट जोगाएपछि शुरू भएको कथा वर्णन गरिएको छ। “यो पुस्तकले अनौठो भूमिमा लैजान्छ र कलात्मक वर्णनले पाठकलाई बाँधिरहन्छ”– फ्लोरेन्स भन्छन्।
अझ रोचक त, उपन्यासकार जम्मा ३३ वर्षका भए। उनको यो दोस्रो उपन्यास हो। र, उनका दुवै उपन्यास बुकर पुरस्कारको उत्कृष्ट सूचीमा छनोट भएका छन्।
५. ‘किसट’: सलमान रुस्दी
‘सटानिक भर्सेस’, ‘मिडनाइट चिल्ड्रन’ जस्ता पुस्तकबाट स्थापित विश्वविख्यात लेखक सलमान रुस्दीको यो उपन्यास मेटाफिक्सन हो। यसले एक इन्डियन अमेरिकनको कथा भन्छ।
फ्लोरेन्स भन्छन्– “यो विशाल किताब हो। र, लेखकले निकै उत्कृष्ट लेखन प्रस्तुत गरेका छन्। यो उपन्यास रोमाञ्चक र राजनीतिक विचारले ओतप्रोत छ। यदि तपाईंले कथावाचन र पपुलर कल्चर मन पराउनुहुन्छ भने यो स्वप्नपुस्तक हुनसक्छ।”
६. ‘१० मिनेट्स ३८ सेकेण्ड्स इन दिस स्ट्रेन्ज वल्र्ड’: एलिफ सफाक
“यो उपन्यासमा ती मानिसहरूबारे व्याख्या गरिएको छ, जो एकआपसमा निकै बलियो गरी बाँधिएका छन् र साथीहरूको सुन्दर समूह निर्माण गरेका छन्। यो इस्तानबुलको कथा हो। यो उपन्यासले इस्तानबुलको सम्पन्नता, विविधताका साथै त्यहाँ हुने बलात्कार, दुःख, शोषण र हिंसाको कथा भन्छ।”
उत्कृष्ट गैर-आख्यान (बेली गिफर्ड पुरस्कारको छनोट)
गैर-आख्यानतर्फ दिइने बेलायती पुरस्कार ‘बेली गिफर्ड पुरस्कार’ले अंग्रेजी भाषामा लेखिएका उत्कृष्ट गैर-आख्यानहरूको छनोट गर्छ। उक्त पुरस्कारले छनोट गरेका उत्कृष्ट ६ पुस्तकको सूची यहाँ प्रस्तुत छ। पुरस्कार भने हेली रुबेनहुडको पुस्तक ‘द फाइभः द अनटोल्ड लाइभ्स अफ द वुमन किल्ड बाइ ज्याक द रिपर’ले पाएको थियो।
यसपटक यस पुस्तकको निर्णायक मण्डलका अध्यक्ष थिए, स्टिग अबेल। उनले उत्कृष्ट सूचीमा परेका पुस्तकको विशेषता ‘फाइभ बुक्स डट कम’लाई बताएका थिए।
१. ‘द फाइभः द अनटोल्ड लाइभ्स अफ द वुमन किल्ड बाइ ज्याक द रिपर’: हेली रुबेनहुड
पोली, एनी, एलिजाबेथ, क्याथेरिन र मेरी–जेन एउटै कारणले चर्चित थिए। यद्यपि, उनीहरूको कहिल्यै पनि एकअर्कासँग भेट भएन। उनीहरू फ्लिट स्ट्रिट, नाइट्सब्रिज, वुल्भरह्याम्प्टन, स्विडेन र वेल्सबाट आएका थिए। उनीहरूमध्ये कसैले ब्यालेड लेखे। कसैले क्याफे चलाए। कोही ग्रामिण भेगमा बसे। कसैले छापाखानामा काम गरे।
उनीहरूबीच एउटै समानता थियो। उनीहरूको हत्या एकै साल भएको थियो। त्यो साल थियो, सन् १८८८।
उनीहरूको हत्यारा कहिल्यै पत्ता लागेन। तर, पत्रिकाहरूले उनीहरूको हत्यारालाई दिएको नाम उनीहरूको भन्दा प्रख्यात थियो। इतिहासकार हेली रुबेनहोल्डले आफ्नो पुस्तकमा यिनै महिलाको बयान गरेकी छन्।
२. ‘फ्युरियस आवर्स’: हार्पर ली
उपदेशकका रूपमा प्रख्यात विली म्याक्सवेललाई बीमाको पैसाका लागि आफ्नो परिवारका पाँच जना सदस्यको हत्या गरेको आरोप सन् १९७० को दशकमा लागेको थियो।
चतुर वकीलको सहायताले उनी कानूनी कारवाहीबाट जोगिएका थिए। तर, उनले हत्या गरेका अन्तिम व्यक्तिको अन्त्येष्टीमा एक नातेदारको गोली लागेर उनको मृत्यु भयो। सयौं प्रत्यक्षदर्शीका बावजुद पनि म्याक्सवेलका हत्यारालाई अपराधमुक्त गरियो।
यही कथालाई हार्पर लीले आफ्नो पुस्तकमा व्याख्या गरेकी छन्।
३. ‘अन च्यापल स्यान्ड्स’: लउरा कमिङ
सन् १९२९ को शरदमा एक बालिकाको अपहरण हुन्छ। पाँचवटा पीडादायक दिनपछि नजिकैको गाउँमा उनी फेला पर्छिन्। तर, ती बच्चीले त्यो घटनाबारे केही पनि सम्झिन्नन्। र, घरमा पनि कसैले त्यस घटनाबारे केही बताउँदैन। उनले यो घटनाबारे थाहा पाउँदा उनी ५० वर्षकी भइसकेकी हुन्छिन्।
ती बालिका कलाकार बन्छिन्। उनकी छोरी लउरा कमिङ लेखक बन्छिन्। उनै कमिङले आफ्नी आमाको अपहरण कथा उधिनेर यो पुस्तक लेखेकी छन्। यो पुस्तक रहस्य र स्मृति दुवै हो। यसमा दुईवटा कथा एकैसाथ जान्छन्। एकातर्फ, उनकी आमाको बाल्यकाल बयान हुन्छ भने अर्कोतर्फ कमिङको सत्य अन्वेषण।
४. ‘द लाइभ्स अफ् लुसियन फ्रायडः युथ’: विलियम फिभर
लुसियन फ्रायड बीसौं र एक्काइसौं शताब्दीका महान् चित्रकार थिए। उनले आफ्ना विश्वासपात्र विलियमलाई २० वर्षसम्म आफ्नो कलाकारिता, कला जगतदेखि जीवन र प्रेमबारे बताए। परिणाम, यो पुस्तकको जन्म भयो। फ्रायडकै भाषामा यो आत्मसंस्मरण समेत हो। फ्रायड चर्चित मनोविश्लेषक सिग्मण्ड फ्रायडका नाती हुन्। यो पुस्तक दुई खण्डमध्ये पहिलो हो।
५. ‘माओइज्मः अ ग्लोबल हिस्ट्री’: जुलिया लोभेल
केही दशकदेखि पश्चिमा बुद्धिजीविहरूले माओवादलाई समय गइसकेको ऐतिहासिक र राजनीतिक प्रक्रियाको रूपमा बेवास्ता गरिआएका थिए। सन् १९८० को दशकदेखि चीन स्वंयले नै माओको क्रान्तिको सपना त्यागेर एकतन्त्रीय पूँजीवादकै बाटो लिएको देखिन्छ। तर, माओ र उनका विचारहरू अहिले पनि जनगणतन्त्र चीन र त्यहाँको कम्युनिष्ट सरकारको वैधानिकताको कारक बनेको छ।
माओवादको शक्ति र आकर्षण भने चीनभन्दा निकै परसम्म पुगेको छ। माओवाद शीतयुद्धको समयमा विश्व राजनीतिको एक प्रमुख शक्ति थियो। यसले भियतनाम युद्धलाई आकार दियो। कम्बोडियामा खमेर रुजलाई शासनमा ल्यायो। जर्मनी, इटलीमा सशस्त्र द्वन्द्व निम्त्यायो। पेरु, भारत र नेपालमा विद्रोह उठायो। माओको निधन भएकै ४० वर्ष बित्दा पनि कतिपय देशमा आज पनि माओवादको नाममा राजनीतिक र हिंसात्मक अभ्यासहरू भइरहेकै छन्।
यिनै सेरोफेरोमा जुलिया लोभेलले यो पुस्तक लेखेकी हुन्। यो पुस्तकमा उनले माओवादलाई चिनियाँ र अन्तर्राष्ट्रिय दुवै शक्तिका हिसाबले पुनर्मूल्यांकन गरेकी छन्।
६. ‘गेस्ट हाउस फर योङ विडोज्’: आजादेज मोहावेनी
सन् २०१४ को शुरूतिर ‘इस्लामिक स्टेट’ले सिरियाको रक्कामा कब्जा जमायो। आईएसआईएसका नेता बग्दादीले विश्वभरका मुसलमानहरूलाई यो युद्धमा सहभागी हुन आह्वान गरे। सिरियामा बसर अल असद नेतृत्वको सरकारको दमनका शिकार भएका हजारौं मानिसहरू यो आह्वानले आकर्षित भए।
तिनै मानिसहरूको कथा हो यो पुस्तक। यो कथाको केन्द्रमा केही अविस्मरणीय महिलाहरू छन्। जर्मनीकी एम्मा, बेथ्नल ग्रिनकी शारमिना, ट्युनिसकी नउर। यी महिलाहरू शहरी परिवारका थिए। कसैले विश्वविद्यालय शिक्षा पुरा गरेका थिए भने कसैको र्याकहरू जेन अस्टेन, डन ब्राउनका उपन्यासले भरिएका थिए। उनीहरू न्याय र धर्मपरायणताले डोहोरिएर आईएसआईएसको युद्धमा सहभागी हुन पुगे। तर, त्यहाँ पुगेपछि उनीहरूले आफू एक्काइसौं शताब्दीको सबैभन्दा क्रुर आतंककारी शासनको फन्दामा परेको थाहा पाए।
आफूखुशी सहभागी हुने र फन्दामा पर्नेबीच विभाजनको रेखा के हुन्छ ? प्रताडित भएका र पीडाको बाटो रोजेका महिलालाई कसरी हेर्ने? पश्चिममा मुसलमान महिलाको भूमिका के छ?
यो पुस्तकमा मोहावेनीले लण्डनको स्कुल, जर्मनीको भान्साघर, ट्युनिसको क्याफे र आईएसआईएसको ‘गेस्ट हाउस फर योङ विडोज्’ सम्म पु¥याउँछिन्। र, उनले आतंकवाद हामीले ठानेभन्दा बढी जटिल र राजनीतिक भएको बताउँछिन्।
" /> काठमाडौं। भनाइ नै छ– हरेक दिन नयाँ हो। तर, हरेक बिहानी अघिल्लो दिनको गर्भमा हुर्किन्छ। त्यसैले त हरेक नयाँ दिनले विगतलाई स्मृतिमा राखिरहन्छ।स्मृतिका अभिलेख राख्नलाई मान्छेसँग अनेक तरिका छन्। कसैले एल्बममा सजाएर तस्वीरहरू राखिदिन्छन्। कसैले तिनै स्मृतिलाई किताब बनाइदिन्छन्। त्यसैले त किताबहरू सयौं वर्षदेखि स्मृतिका अभिलेख बनिआएका छन्। जब मानिसहरू समयको पदचाप जान्न खोज्छन् किताबका पाना पल्टाउँछन्। किताबहरू मानिस हिँडेका पाइलाका साक्षी बनेर बसिदिन्छन्। र, मानिसहरू? किताबको सूची बनाउँछन्। रुचि र चासोका आधारमा वर्गीकरण गर्न खोजिदिन्छन्। यो त्यस्तै एउटा प्रयत्न हो।

">