कोभ्याक्स फेसिलिटीले ६ करोड ५० लाख खोप वितरण गर्ने, नेपाल उच्च प्राथमिकतामा काठमाडौं। राष्ट्र संघीय बालबालिका कोष (युनिसेफ)ले कोभ्याक्स फेसिलिटीअन्तर्गत यो साता ६ करोड ५० लाख कोरोना खोप वितरण गरिने जनाएको छ। युनिसेफले आज एक विज्ञप्ति जारी गर्दै कोरोनाबाट पछिल्लो समय अति प्रभावित भारत, नेपाललगायत दक्षिण एसियाली राष्ट्रलाई खोपको अतिनै आवश्यकता रहेको जनाएको छ। कोरोनाका कारण नेपाल, श्रीलंका, माल्दिभ्स, अर्जेन्टिना र ब्राजिलको स्वास्थ्य प्रणाली नै धरमराएको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्