म्यानमारकी सुन्दरीले भनिन्– सेनाको गोलीले मर्दैछन् म्यानमारका जनता एजेन्सी। मिस युनिभर्स प्रतियोगिताको मञ्चमा म्यानमारको तर्फबाट सहभागी प्रतियोगीले देशमा सेनाको अत्याचारको मुद्दा उठाएर सबैको ध्यान आफूतिर खिचेकी छन्। म्यानमारकी सुन्दरी थुजार विन्ट ल्विनले मञ्चमा म्यानमारमा भएको सैनिक कू र क्रुरताको विरुद्ध आवाज उठान विश्व समुदायलाई अपिल गरिन्। उनी हातमा प्लेकार्ड बोकेर मिस युनिभर्सको मञ्चमा आएकी थिइन्। म्यानमारमा गत फेब्रुअरी १ मा सेनाले कू गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्