बोस्नीया एण्ड हर्जगोविनाले भन्यो– हाम्रो समर्थन इजरायललाई छैन एजेन्सी। बोस्नीया तथा हर्जगोविनाले पछिल्ला दिन इजरायलले प्यालेस्टाइनमाथि गरेको आक्रमणको समर्थन नगर्ने जनाएको छ। इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले हिजो आक्रमणको समर्थन गरेकोमा अमेरिका, बोस्नीया तथा हर्जगोभिनालगायत २५ देशलाई ट्वीटरमार्फत धन्यवाद दिएका थिए। त्यसको जवाफमा आज बोस्नीया तथा हर्जगोविनाका विदेशमन्त्री बिसेरा तुर्कोविचले आफ्नो देशले इजरायलको समर्थन नगरेको र नगर्ने बताएकी हुन्। उनले आफ्नो देश प्यालेस्टाइन जनताको पक्षमा रहेको बताएकी छिन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्